तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा २९ प्रहरीसहित ४६ जना डिष्चार्ज

नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जका २९ जना प्रहरीसहित ४६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । बाँकेको वडा प्रहरी कार्यालय नेपालगञ्ज आइसोलेसनबाट ३३ जना, सिटी प्यालेस होटलबाट ४ जना, खुल्ला कारागार गनापुर आइसोलेसनबाट ३ जना तथा नेपालगञ्ज आदर्शनगर आइसोलेसन, लायन्स डेण्टल अस्पताल, भेरी अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, होटल इन्द्रेणी र चिसापानी आइसालेसनबाट १–१ जना निको भई डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बतानुभयो ।

यो संगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट निको भई घर फर्कनेको संख्या ६ सय १४ पुगेको छ । अब आइसोलेसनमा बाँकेका २ सय ३ र अन्य जिल्लाका ४ जना गरी २ सय ७ जना छन् । हालसम्म जिल्लामा ८ सय २१ जनामा कोरोना पुष्टि हुँदा ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button