तपाईँ सुन्दै हुनुहुन्छः

लिदी पहिरो : पुरिएका ३३ को शव फेला, छ जना अझै वेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमापरी १० दिन अघि बेपत्ता भएकामध्ये आज थप एक जनाको शव फेला परेको छ ।

आज एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

आज ७२ वर्षिया एकल महिला वाङ्ची ल्हामो दोङको शव फेला परेको काफ्लेले जानकारी दिनुभयो ।

यससँगै लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । पहिरोमा परेका ६ जना अझै बेपत्ता छन् ।

हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १७महिला छन् । तीमध्ये १५ बालबालिका मात्रै छन् ।

बेपत्ताको सशस्त्रका निरीक्षक शितल श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्व खोजी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button