तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

प्रतिकात्मक फाइल तस्बिर

बीरगंज । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थकेयरमा कोरोना संक्रमणबाट गएराती थप १ महिलाको मृत्यु भएको छ ।

बीरगंज महानगरपालिका वडा नं. ११ बस्ने ५६ वर्षीया महिलाको बीरगन्ज हेल्थ केयरमा गत साउन २४ गतेदेखि आइसियुमा उपचार भइरहेको थियो । पछिल्लो १२ घण्टादेखि उनलाई भेन्टिलेटरमा समेत राखेर उपचार हुँदै आएकोमा गएराती मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । महिलाको मृत्युसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

कोरोना संक्रममणबाट मृत्यु हुनेमध्ये २८ जना पर्साका, ५ जना बाराका र २ जना रौतहटका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button