तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी कमिटि बैठक आज दिउसो तीन बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिट बैठक आज दिउसो तीन बजे बस्दैछ ।

नेकपा सचिवालयको हिजोको बैठकले  आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउने र पार्टी एकतालाई मजबुद बनाउने निर्णय गरेसँगै आज स्थायी कमिटि बैठक बस्न लागेको हो ।

हिजोको छलफलमा पूर्वानिर्धारित स्थायी कमिटीको बैठक अपराह्न ३ बजे नै जारी राख्ने सहमति भएको थियो । गत असार १० गतेबाट जारी स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटक–पटक स्थगन हुँदै आएको थियो ।

लामो समयसम्म स्थगीत हुँदै आएको बैठक अघि दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमति नजिक पुगेको समाचार बाहिर आएसँगै आज बस्ने बैठकप्रति धेरैको चासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button