तपाईँ सुन्दै हुनुहुन्छः

मौद्रिक नीति कार्यान्वयन हुनुपर्नेमा जोड

भुवनप्रसाद आचार्य । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको मौद्रिक नीति उत्साहप्रद रहेकाले छिटो र सरल हिसाबमा कार्यन्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिनु भएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिवार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा वक्ताहरुले मौद्रिक नीतिले कर्जाको विस्तारलाई ध्यान दिएको, पुनर्कर्जाको सुविधाबाट बजारमा १ खर्ब ९० अर्ब रुपैयाँ थप तरलता प्रवाह हुने, साना तथा मझौला उद्यममा वित्तीय लगानी बाध्यकारी बनाइएको र कृषि तथा ऊर्जामा ऋणपत्र जारी गर्नसक्ने प्रावधानले निजी क्षेत्रलाई ठूलो राहत पुग्ने बताउनु भयो ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले पनि मौद्रिक नीतिमा निजी क्षेत्रका झण्डै ७५ प्रतिशत सुझाव समेटिएको भन्दै समस्यामा परेको अर्थतन्त्रलाई उद्धार गर्ने र गतिशिलता दिन मौद्रिक नीति सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघको बैंकिङ समिति सभापति सौरभ ज्योतीले विशेषतः साना तथा घरेलु उद्यम, कृषि र ऊर्जामा लामो समयको योजना अघि सारिएकाले यो प्रोग्रेसिभ कदम भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्याणले १ करोड सम्मको कर्जा २ वर्षभित्र १५ प्रतिशत पुर्याउने भन्ने कुराले गाउँगाउँसम्म वित्तीय पहूँच पुग्ने बताउनु भयो ।

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कुन व्यवसायमा कति प्रभाव पर्यो भनेर वर्गीकरण कसले तय गर्ने त्यो काम चूनौतीपूर्ण हुने उनले बताउनु भयो ।

अन्तरक्रियामा नेपाल उद्योग परिसंघका प्रतिनिधी अनलराज भट्टराईले आफूहरुले मागेका धेरै कुरा मौद्रिक नीतिमा पाएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button