२०७९ साल असोज २१ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विरुद्ध सन्देशमुलक सर्ट मूभी ‘मास्क’

चिरञ्जीवी मास्के २०७७ साउन ३ गते १६:५७

दोलखा । दोलखाका युवा कलाकारहरुले कोरोना सचेतनको लागि ‘मास्क’ सर्ट मूभी निर्माण गरेका छन् । ब्राईट इभेन्ट मेनेजमेन्टको ब्यानरमा निर्माण भएको मास्कले एउटा बालकले पाएको २० रुपैयाले मिठाई खान छोडेर मास्क खरीद गरेको कथालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

झण्डै ८ मिनेटको मास्कले कोरोना भाईरस कोभिड १९ बाट बच्न मास्क अनिर्वाय भएको सन्देश आमाबाट पाएपछि एउटा बालकले त्यसलाई कति गहिरो ढङ्गले लिएको थियो भन्ने कुरा देखाईएको छ ।

ब्राईट इभेन्ट मेनेजमेन्टको तर्फबाट राजन बुढाथोकीले निर्माण गरेको मास्कको निर्देशन अर्पण डेना तमाङले गरेका छन् । मास्कमा फोटोग्राफी निकेश श्रेष्ठको र सम्पादन भीमसेन श्रेष्ठको रहेको छ । दुई जनामात्र कलाकार रहेको मास्कमा कविता थामी र निलेश साहीले अभिनय गरेका छन् ।

मास्क सार्वजनिक कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले चेतनामुलक सर्ट भूमिको प्रमोसनको लागि नगरपालिकाले सहयोग गर्ने उल्लेख गर्नु हुदै आगामी दिनमा समेत सचेतनामूलक गित संगित, डकुमेन्ट्रि र फिल्म निर्माणमा नगरपालिकाको साथ रहने बताउनु भयो ।

कार्यक्रममा कालिञ्चोक गाँउपालिकाको उपप्रमुख कालिका पाठक र नेपाल पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धरले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित