२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड सहयोग

भानुभक्त आचार्य २०७७ साउन ३ गते १६:४६

कैलाली । सुर्य नेपाल प्रालिले सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ ।

आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सूर्य नेपालका क्षेत्रीय प्रबन्धक दामोदर शर्मा, न्यू शिव ट्रेडर्सका धर्मानन्द मिश्र, रविन्द्र ट्रेडर्स महेन्द्रनगरका जगराज पाण्डे लगायतको टोलीले १ करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सो रकम हस्तान्तरण गरेको सूर्य नेपालका क्षेत्रीय प्रबन्धक शर्माले बताउनु भयो ।

सहयोगी दातालाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री भट्टले कोभिड १९ नियन्त्रण तथा उपचार कोष अभियान अन्तर्गत निजी क्षेत्रबाट हालसम्म सबैभन्दा ठूलो रकम प्राप्त भएको बताउनु भयो ।

सम्बन्धित