२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

आसाममा आएको बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित

रेडियो नेपाल २०७७ साउन ३ गते १६:४६

गुवाहाटी, आसाम, भारत – भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् ।

आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना प्रभावित भएका हुन् । प्रभावित भएकाहरुका लागि ५५२ ओटा शिविरहरु पनि स्थापना गरिएका छन् ।

त्यसैगरी झण्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिजन्य पदार्थ पनि नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण झण्डै ७६ हजार स्थानीय बासिन्दा विस्थापित भएका बताइएको छ ।

सम्बन्धित