तपाईँ सुन्दै हुनुहुन्छः

बारेकोटका बाढीपहिरो पिडितले दश दिनसम्म पाएनन् राहत

जाजरकोट- गत असार २५ गते गएको बाढिपहिरोबाट विस्थापित बारेकोटका ११ सय घरपरिवारले दश दिन वितिसक्दा पनि सरकारी राहत पाउन नसकेको बारेकोट ५ कालाखोलिका विस्थापित रतन नेपालीले बताउनु भएको छ ।

विद्यालय र खुल्लाचौरमा बसेको दश दिन वित्यो एउटा त्रिपाल समेत नपाएको नेपालीले बताउनु भयो । विद्यालयको एउटा कोठामा दश जनाको परिवार बस्नु परेको छ । केहि त्रिपाल पुगेपनि वितरण हुन सकेका छैनन् ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले राहत संकल भई रहेको र विस्थापितको तथ्याङ्ग संकलन भइ रहेको बताउदै छिटै वितरण गरिने बताउनु भएको छ । बाढीपहिरोले ११ सय घरपरिवार विस्थापित छन् भने ३५ घर पुर्णरुपमा क्षेती भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button