तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक सुरु

फाइल तस्बिर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे छलफल हुने बुझिएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको पटक–पटकको वार्ता र छलफलपछि आज पुनः सचिवालय बैठक बसेको हो । नेकपाले शुक्रबारको स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो ।

पार्टीभित्रको आन्तरिक विवादकै कारण स्थगित गरिएको असार १० गतेदेखिको जारी स्थायी कमिटी बैठक भोलि दिउसो ३ः०० बजेका लागि बोलाइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button