२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक अधिकारका लागि सिंह मानिने अमेरिकी सांसद जोन लेविसको निधन

रेडियो नेपाल २०७७ साउन ३ गते १५:२९

अट्लान्ट – अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ । नागरिक अधिकारको लडाईका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने लेविसको ८० बर्षको उमेरमा निधन भएको हो ।

उहाँको गत शुक्रबार निधन भएको अमेरिकाका सभामुख नान्सी पेलोसीले पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । सभामुख पेलोसीले स्वर्गीय लेविसलाई नागरिक अधिकारका लागि लडेको असाधारण व्यक्तिको रुपमा स्मरण गर्नुभएको छ ।

उहाँप्रति समवेदना व्यक्त गर्दै सभामुख पेलोसीले उहाँलाई राष्ट्रले सधैँ सम्झिरहने र आदर गरिरहने पनि विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रबार राति उहाँले शोक वक्तव्य प्रकाशित गर्दै आफ्नो अति नै आदरणीय र प्रिय व्यक्तिलाई गुमाउनु पर्दा दुःख लागेको उल्लेख गर्नुभएको छ । उहाँलाई गत सन् २०१९ को डिसेम्बर महिनामा पाचन ग्रन्थीमा क्यान्सर भएको पत्ता लागेको थियो । उहाँको उपचारकै क्रममा निधन भएको हो ।

उहाँको सन् १९४० मा अलाबामा भन्ने ठाउँमा सामान्य किसान परिवारमा जन्म भएको थियो ।रासस/एपी

सम्बन्धित