तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा माछा मार्ने क्रममा नालामा डुबेर एक बालिकाको मृत्यु

टीकापुर कैलाली । कैलालीमा माछा मार्ने क्रममा नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–६ बसन्ताका माधव चौधरीकी १२ वर्षिया छोरी उर्मिला भनी चिनिने मानवी चौधरीको नालामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिष शरण भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान ५ बजे माछा मार्न गएकी उनी ७ बजे मृत अवस्थामा फेला परेकी थिइन् । साथीहरूसँग बिहान नालामा माछा मार्न गएकी उनको पौडिन नजान्दा डुबेर मृत्यु भएको हो ।

नालामा डुबेको खबर पाएपछि स्थानीयको सहयोगमा करिब २ घण्टापछि उनलाई मृत अवस्थामा फेला पारेको प्रहरी जनाएको छ ।

वालिकाको शव पोस्टमार्टमका लागि धनगढी लगिएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button