तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ५ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज थप ५ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या ३ सय ६६ पुगेको छ । अब आइसोलेसनमा १५ जना मात्र छन् ।

आज आइसोलेसन सेन्टर पिपरी कोहलपुरबाट कोहलपुर नगरपालिकाका २ जना पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट जानकी गाउँपालिकाकी एक महिला, आइसोलेसन केन्द्र फत्तेपुरबाट राप्तीसोनारीका एक पुरुष र आइसोलेसन केन्द्र बन्कटुवाबाट एक जना पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा ३ सय ८३ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button