तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बर्षासंगै नदीको बाढीको सतह बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

धनगढी- कैलालीमा आज बिहानै देखि भारी बर्षा भईरहेको छ । लगातारको बर्षासंग नदीमा बाढीको सतह बढेको छ । कान्द्रा, खुटीया, काडाँ, पथरैया लगायतका नदीमा पानीको बहाव बढ्दै गएको बताइएको छ ।

बर्षासंगै नदीमा बाढीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन र सतर्कता अपनाउन भनिएको स्थानीय प्रशासनले जनाएको छ । बाढी र डुवानको सम्भावित जोखिमलाई दृष्ट्रिगत गरी जिल्लाभर सुरक्षा निकायलाई अलर्ट गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button