तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टिनमा एकको मृत्यु

पर्वत । पर्वतमा क्वारेन्टिनमा बसेका एक बृद्धको मृत्यु भएको छ । जिल्लाको पैयुँ गाउँपालिका वडा नम्बर ६ का ५२ वर्षिय यामबहादुर भारतीको आज बिहान मृत्यु भएको हो । गाउँपालिकाको केन्द्र हुवासमा रहेको जनसेवा संस्कृत माविको क्वारेन्टिनमा बस्दै आएका भारतीको मृत्यु भएको पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार क्वारेन्टिनमा बस्दै आएका भारती हिजो रिंगटा लागेर ढल्नुभएको र उपचारका लागि पोखरा स्थित गण्डकी अस्पताल लगिएको थियो । अस्पतालमा पु¥याएका उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।

मृतक भारती भारतबाट असार १६ गते कुस्मा आएका थिए भने कुस्माको पुलिङ क्वारेन्टाईनमा बसेका थिए । असार २३ गते कोरोनाको पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि २४ गते दुई हप्ताका लागि सामुदायिक क्वारेन्टाईनमा राख्न २४ गते हुवास पठाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button