तपाईँ सुन्दै हुनुहुन्छः

एनआईसी एशिया बैंकको आर्कषक योजना सञ्चालनमा

विराटनगर । कोरोनाका कारण आर्थीक क्षेत्रमा परेको प्रभाव न्युुन गर्न एनआईसि एशिया बैंकले विभिन्न सूपर चमत्कारिक कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

बैंकको प्रदेश १ कार्यालयद्वारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ महामारीबाट प्रभावित उद्योग व्यवसायलाई व्यवसाय कर्जा, गाडी खरिदका लागी सवारी कर्जा तथा घर बनाउनका लागी घरकर्जा जस्ता चमत्कारी कर्जा योजना सञ्चालनमा ल्याएको जानकारी गराएको छ ।

प्रोत्साहन दिन सूपर घर, व्यवसाय र सवारी कर्जामा ८.२५ व्याज तथा ०.२५ सेवा शुल्क लाग्ने गरी उपलब्ध गराउने कार्यालयका प्रदेश प्रमुख दिपक थापाले घोषणा गर्नु भयो ।

व्यवसाय कर्जाका लागी १६ लाख देखी २ करोड घरकर्जामा ४ लाख देखी डेढ करोड तथा सवारी कर्जामा १६ लाखदेखि २ करोड सम्म कर्जा उपलब्ध गराउन सकिने उहाले वताउनुुभयो ।

उहाँले एक वर्षसम्म निश्चित व्याजदर एवं ग्राहकको चाहना अनुसार किस्ता तय गरी ४८ घण्टा भित्र निर्णय हुने गरी २१ वर्षदेखि ८० वर्षसम्म उमेर समूहले पाँच वर्षदेखि ३० वर्षको समयअवधिका लागि रु ४ लाख देखि दुई करोडसम्म घर, सवारी र व्यवसाय कर्जा उपलव्ध गराउने व्यवस्था रहेको जानकारी दिनु भयो ।

पहिलोे पटक घर जग्गाको मूल्याङकनको ७० प्रतिशत कर्जा उपलव्ध गराउनुका साथै रिकण्डिशन गाडीमा समेत कर्जा लगानी गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button