तपाईँ सुन्दै हुनुहुन्छः

आज २१ औं मुक्त कमैया दिवस, बर्दियामा ६५ जना मुक्तकमैया पुर्नस्थापना हुन बाँकी

बर्दिया । नेपाल सरकारले मुक्त कमैया घोषणा गरेको २० बर्ष पुरा भैसक्दा पनि हाल बर्दियामा ६५ जना मुक्तकमैयाहरुलाई पुनस्थापना गर्न बाँकी रहेको छ ।

मुक्तकमैया दिवसको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिकामा भएको कार्यक्रममा बर्दियामा पुनस्थापना हुन बाँकी रहेका मुक्त कमैयालाई पुनथापना गर्न माग गरिएको छ ।

बर्दियामा मुक्तकमैयाहरुको क्षेत्रमा काम गर्ने करिब १ दर्जन संस्था तथा संगठनहरुले पुनस्थापना हुन नसकेको मुक्तकमैयाहरुलाई पुर्नस्थापना गर्न माग गरेका छन् । अहिले बर्दियामा ६५ जना पुनस्थापना गर्न बाँकी रहेका मध्येबाट ५३ जना सम्पर्क भन्दा बाहिर रहेका छन् भने १२ जना भने सम्पर्कमा रहेका छन् ।

यसैगरी बर्दियामा काठ अनुदान बराबर एक लाख पाउने मुक्तकमैया तीन सय ३६ जना र घर निर्माण स्वरुप रु. १० हजार पाउने पाँच सय ३५ जना रहेका छन् ।

बर्दियामा परिचयपत्र बितरण गरेको मक्तकमैयाको संख्या दश हजार सात सय ९७ जना र पुर्नस्थापना भएका मुक्तकमैयाको संख्या १० हजार ७ सय ३२ जना रहेका छन् ।

कार्यक्रममा प्रदेश नम्बर ५ की उपसभामुख कृष्ण थारुले मुक्तकमैयाहरुलाई पुनस्थापना गर्नमा सहज भएको बताउनु भएको छ । अहिले मुक्त कमैयाहरुलाई पुनस्थापना स्थानीय तहले गर्नु पर्ने भएकोले स्थानीय तहरुलाई तत्काल पुस्थापनाको कामलाई सम्पन्न गर्न आग्रह गर्नु भएको छ । मुक्त कमैयाहरुलाई पुनस्थापन गर्न कुनै कानुनी जतिलता भए आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य तिलकराम शर्मा, लौटी थारुले मुक्तकमैयाहरुलाई स्वरोजगार बनाउनका लागि कृषि कर्म गर्नेलाई बिभिन्न किसिमका अनुदान तथा सहयोगको कार्यक्रम ल्याएको बताउनु भएको छ ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले मुक्त कमैया तथा सर्वहारा बर्गलाई कृषि क्षेत्रमा व्यवसायिक हुन र राज्यले दिएको सेवा भरपुर रुपमा प्रयोग गर्न सुझाब दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button