२०७९ साल असोज ११ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ बाट थप २४ जना कोरोनामुक्त

कुुमोद अधिकारी २०७७ साउन २ गते १८:१०

विराटनगर । प्रदेश १ मा २४ जना कोरोना सक्रमित उपचारपछि आज डिस्चाज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ६ सय ८० पुगेको छ । प्रदेश १ मा आज १ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको बुद्धशान्तिका एक पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या सात सय ७५ पुगेको छ ।

सम्बन्धित