तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम कम नभएको हुनाले सावधानी अपनाउन अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएपनि संक्रमणको जोखिम कम नभएको हुनाले आवश्यक सावधानी अपनाउन सबैसंग अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज नियमित मिडिया व्रिफिङमा काठमाडौ लगायतका सहरी क्षेत्रमा बढ्दै गएको भिडले जनस्वास्थ्य सुरक्षामा थप जोखिम बढ्दै गएको बताउनुभयो ।

प्रवक्ता प्रा.डा.गौतमले कोरोना विरूद्धको लडाई जारी नै रहेको हुनाले अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन र सबैले सजगता अपनाउन आग्रह गर्नुभयो ।
आवाज…..
प्रवक्ता प्रा.डा. गौतमले मन्त्रालयको अध्ययन तथा विभिन्न स्थानमा गरिएको परीक्षणले काठमाडौमा समुदायमा संक्रमण फैलिएको नदेखिएको समेत स्पष्ट पार्नुभयो ।

मन्त्रालयले अध्ययनका लागि विभिन्न स्थानबाट लिएको ४ हजार ८ सय नमुना परीक्षण गर्दा जम्मा ३ जनामा संक्रमण पुष्टि भएको र उनीहरू समेत व्यक्तिगत असावधानीका कारण संक्रमित हुन पुगेको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button