तपाईँ सुन्दै हुनुहुन्छः

लिम्पियाधुरासहितको नयाँ नक्साबारे पुस्तक प्रकाशन गर्दैछौ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरू समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

मन्त्रालयले आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो जानकारी दिनुभएको हो ।

सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रूपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

मन्त्री अर्यालले कालापानी, लिम्पियाधुरा सम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तर्राष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरू राखेर निकट भविष्यमै किताब प्रकाशन गर्ने बताउनुभयो ।

भूमि व्यवस्था मन्त्रालयले प्रकाशन गरेको भूमि शब्द कोषको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरूको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारबाही समेटिएको पुस्तक मन्त्री अर्यालले विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button