तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड र स्मार्ट टि.भि. वितरण

बारा । बाराको निजगढ नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई डिजिटल प्रविधिबाट पढाई गराउने उदेश्यले आज स्मार्ट बोर्ड र स्मार्ट टि.भि. वितरण गरेको छ ।

नगरपालिकाले आफनो सभा हलमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड र स्मार्ट टि.भि. वितरण गरिएको निजगढ नगरपालिकाले जनाएको छ ।

हाम्रो नगर हाम्रो शान, स्माट सिटी निर्माण हाम्रो अभियान नारा तय गरिएको कार्यक्रममा नगर प्रमुख सुरेश कुमार खनालले प्रत्येक विद्यालयलाई बोर्ड र टि.भि. वितरण गरेका थिए ।

सामुदायिक विद्यालयका शिक्षालाई आधुनिक र प्रविधि युक्त बनाउने उदेश्यले शैक्षिक सामग्री वितरण गरेको नगर प्रमुख खनालले बताउनुभयो । उहाँले नगरलाई डिजिटल मैत्री नगर बनाउन लागि परेको बताउनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाको उपप्रमुख लिलादेवी खनाल, प्रमुख प्रशासकिय अधिकृत बिकशेन ढकाल लगायत विभिन्न विद्यालयका प्रधानध्यापक र विद्यालय ब्यवस्थापन समितीका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button