तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस काउन्सिलद्वारा श्वेतपत्र जारी

काठमाडौं। प्रेस काउन्सिल नेपालले गत आर्थिक वर्षमा सम्पन्न गरेका कार्यहरूको श्वेतपत्र जारी गरेको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा काउन्सिलले आचारसंहिताको संशोधनमार्फत उजुरी फर्छ्यौट र कारबाही प्रक्रियालाई स्पष्ट पार्दै कार्यमा सरलता ल्याइएको जनाएको छ ।

श्वेतपत्रका अनुसार आचारसंहिता अनुगमन तर्फ छापा माध्यममा ३५ वटा उजुरी परेको र ३१ वटा फर्छ्योट भएको तथा विद्युतीय माध्यममा एक सय ५७ वटा उजुरी परेर एक सय २३ वटा फर्छ्यौट भएको जानकारी दिइएको छ ।

कोरोना महामारी र लकडाउनका कारण प्रभावित मिडियाको हितमा नीतिगत निर्णय गर्न सरकारलाई काउन्सिलले विभिन्न सुझाव समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button