तपाईँ सुन्दै हुनुहुन्छः

अदालतको कार्यसम्पादन : ४५ दशमलव ४३ प्रतिशत मुद्दा फर्छ्यौट 

काठमाडौं । सर्वोच्च अदालत र मातहतका अदालतहरूले आर्थिक वर्ष २०७६/०७७ मा अदालतमा परेका मुद्दाको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।

सर्वोच्च अदालतले आज पत्रकार सम्मेलन गरेर सबै तहका अदालतले समग्रमा कुल लगतको ४५ दशमलव ४३ प्रतिशत र वार्षिक लक्ष्य १ लाख ६५ हजार ६९ थान मुद्दाको करिब ६२ प्रतिशत फर्छ्यौट गरेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा सर्वोच्च अदालतले अघिल्लो वर्षको तुलनामा २ दशमलव ४३ प्रतिशत र कुल लगतको ३२ दशमलव ४३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।

यस्तै उच्च अदालतले कुल लगतको ५३ दशमलव ७१ प्रतिशत, वार्षिक लक्ष्यको ९० दशमलव ३३ प्रतिशत र जिल्ला अदालतहरूले कुल लगतको ४६ दशमलव ५५ प्रतिशत र लक्ष्यको ५८ दशमलव ३७ प्रतिशत मुद्दा फछ्र्याैट गरेको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिनुभयो ।

अदालतहरूले चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका मुद्दाको आधा र विगतबाट जिम्मेवारी सरेर आएका सबै मुद्दालाई जोडेर वार्षिक लक्ष्य निर्धारण गर्दै आएको छ ।

सर्वोच्च अदालतले आर्थिक वर्ष २०७६/०७७ मा फछ्र्याैट भएका १० हजार ७ सय ५३ थान मुद्दामध्ये २२ दशमलव ४५ प्रतिशत मुद्दा लकडाउनकै अवधिमा फछ्र्याैट गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button