तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पर्वत । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले एक विज्ञप्ती जारी गरि आज नवलपरासी पूर्वमा १८ जना र तनहुँमा ७ जना संक्रमित थप भएको जानकारी दिएको हो ।

निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाका १३ जना पुरुष र पाँच जना महिलामा संक्रमण पुष्टि भएको हो ।

तनहुँको व्यास नगरपालिकाका तीन जना जना पुरुष, भानु नगरपालिकाका दूई जना र म्याग्दे गाउँपालिकाका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या एक हजार दुई सय ५६ पुगेको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button