तपाईँ सुन्दै हुनुहुन्छः

चार हजार हेक्टर धान वाली डुबानमा

सप्तरी । अन्तिम साताको बाढीका कारण सप्तरी र सिराहाको करिब चार हजार हेक्टर धान वाली डुबानमा परेको छ । सप्तरीमा ६२ हजार आठ सय हेक्टर र सिराहामा ५४ हजार हेक्टरमा धान वाली लगाउने गरिएको छ ।

दुवै जिल्लामा ९० देखि ९५ प्रतिशत धान रोपाई भइसकेको छ । तर, रोपाई सकिनै लाग्दा सुरु भएको वर्षा र बाढीका कारण सप्तरीमा करिब दुई हजार र सिराहामा पनि सोही अनुपातमा धान वाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजको अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाका कृषि अर्थ विज्ञ किसनुदेव राउतले बताउनुभयो ।

सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर गाउँपालिकासहित आधा दर्जनभन्दा बढी स्थानीय तहमा धान वाली डुबानमा परेको छ ।

यसै गरी, सिराहाको भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही, सिराहालगायत नेपाल–भारत सीमा क्षेत्रका स्थानीय तहको धान खेती डुबानमा परेको कृषि अर्थ विज्ञ राउतले बताउनुभयो ।

साउनको दोस्रो सातासम्म वर्षा नभए बाली नबिग्रिने र उत्पादन बढ्ने राउतको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button