तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा गरिएको परीक्षणमा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगन्ज  । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा आज २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार रोल्पाका १३, बर्दियाका १० र दाङका ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना देखिनेमा २१ जना पुरुष र सात  जना महिला छन् । पछिल्लो २४ घण्टामा दुई सय ५० जनाको स्वाब परीक्षण गर्दा २८ जनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button