तपाईँ सुन्दै हुनुहुन्छः

साना करदाताले बैकमा कर र आय विवरण एकै साथ बुझाउने प्रणाली शुरु

काठमाडौं । आन्तरिक राजस्व विभागले साना करदाताले बैकमा कर र आय विवरण एकै साथ बुझाउने प्रणाली बिहिवारदेखि शुरु गरेको छ ।

राजस्व व्यवस्थापन सूचना प्रणाली नाम दिइएको सो प्रणालीको अर्थ मन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयबाट शुभारम्भ गर्नु भयो ।

विभागले आर्थिक बर्ष २०७७/७८ बजेटले अघि सारेको कार्यक्रम अन्र्तगतको पहिलो कार्यक्रमको रुपमा राजस्व व्यवस्थापन प्रणाली लागू गरेको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले प्रणालीको विकाससंगै सानो कर तिर्न रकम बढी खर्च हुने कठिनाईले कर दाखिला नगर्ने समस्यामा कमि आउने बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले अहिले कर कार्यालयहरुलाई करदाता नजिक लगिएको र कर तिर्न सजिलोको लागि दु्रतगतीको इन्टरनेट सेवा अप्टिकल फाइबर मार्फत देशैभर विस्तारमा जोड दिएको पनि उल्लेख गर्नुृ भयो ।

अर्थमन्त्री खतिवडाले गत बर्षको राजस्व संशोधित लक्ष्य अनुसार नै संकलन गर्न र खर्च गर्न सफल भएको पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले राजस्व व्यवस्थापन प्रणाली लागू भए पछि देशभरका ५ लाख भन्दा बढी करदाता लाभान्वित हुने बताउनु भयो ।

उहाँले कारोना महामारीका लगायतका समस्या बीच पनि मुलुकमा राजस्व संकलन उत्साहजनक भएको पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button