तपाईँ सुन्दै हुनुहुन्छः

कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सञ्चार मन्त्रीको जोड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले डिजिटल नेपालको अवधारणालाई मूर्तरूप दिन मन्त्रालयले अघि सारेको कार्य योजनाको प्रभावकारी कार्यान्वयन जोड दिन सम्बद्ध निकायहरूलाई निर्देशन दिनु भएको छ ।

मन्त्रालयमा आज वार्षिक कार्यक्रम कार्यान्वयनको एकीकृत कार्य योजना सार्वजनिक गर्दै सञ्चार मन्त्री डा.खतिवडाले समृद्ध नेपाल सुखी नेपालीको सरकारको लक्ष्य पुरा गर्ने गरी आ–आफ्नो कार्य क्षेत्रका जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गोकर्णमणि दवाडीले समयमै काम सम्पन्न गर्न कार्य योजना अघि ल्याइएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button