तपाईँ सुन्दै हुनुहुन्छः

अवैध बन्दुक सहित एक जना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा अवैध बन्दुकसहित एक जना पक्राउ परेका छन । प्रहरीले जिल्लाको आलिताल गाउँपालिका–६ फल्याखर्कका ४६ वर्षीय लालबहादुर कुँवरलाई अवैध भुरुवा बन्दुकसहित पक्राउ परेका हुन ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी आलितालको टोलीले एक नाल भरुवा बन्दुक, १७ थान सिसाको गोली र ९ ग्राम बारुद लुकाइ राखेको अवस्थामा कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

पक्राउ परेका कुँवरमाथि हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ । गत आर्थिक बर्षमा यसरी अबैध भरुवा बन्दुक सहित डडेल्धुरामा १२ जनामाथी मुद्धा चलाएको तथ्याक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button