तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा आज १० जना कोरोना संक्रमित थपिए

धनगढी । कैलालीमा आज १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै कैलालीमा कोरोना संक्रमितको संख्या १ हजार २० पुगेको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा आज गरिएको परिक्षणमा धनगढीका दुई, गोदावरीका तीन, कैलारीका चार र टीकापुरका एक जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसरी संक्रमित मध्ये चार महिला र छ जना पुरुष रहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button