तपाईँ सुन्दै हुनुहुन्छः

‘वनलाई समृद्धि र आर्थिक विकासमा जोड्ने गरी काम भइरहेको छ’

काठमाडौं । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले वनलाई समृद्धि र आर्थिक विकासमा जोड्ने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले वैज्ञानिक वन व्यवस्थापन उद्देश्य अनुरूप सफल हुन नसकेको, फडानी गरिएका वनलाई प्रदेशले उपयुक्त व्यवस्थापन नगरेको, कटान गरिएका काठ कुहिएर काम नलाग्ने हुँदा समेत मन्त्रालय मौन रहेको जस्ता विषयमा मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा मन्त्री बस्नेतले रुख उत्पादनमा मन्त्रालय लागिरहेको, काठ निर्यातलाई व्यवस्थित गर्न मन्त्रालयले प्राविधिक अध्ययन गरिरहेको भन्नुहुँदै एसिया क्षेत्रमै नेपालको वन प्रगति उन्मुख रहेको समितिलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button