तपाईँ सुन्दै हुनुहुन्छः

२५ किलो चाँदीका गरगहनासहित दुई जना पक्राउ

बारा । बारा प्रहरीले २५ किलो चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ३२ को इन्द्रदेव प्रसाद यादव र प्रसौनि गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३८ को वकिल अँसारी रहेका छन् ।

प्रहरीले हिजो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया–मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं.११ विश्वम्भरपुर टोलमा चेकजाँजको क्रममा पक्राउ गरिएको हो ।

उनीहरूले ना६१प ७२०४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको २५ किलो ग्राम चाँदीको तयारी गहना (पाउजु, झुम्का, सिक्री समेत) सहित प्रहरीले बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई भन्सार ऐन अनुसार आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button