२०७९ साल असोज १३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘मुलुकको समृद्धि र सुशासन र स्थायित्वका लागि काँग्रेसको सदैव सरकारलाई साथ रहन्छ’

कुमोद अधिकारी  २०७७ साउन १ गते १५:३६

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मुलुकको समृद्धि र सुशासन र स्थायित्वका लागि काँग्रेसको सदैव सरकारलाई साथ रहने बताउनु भएको छ ।

नेपाल इम्व्रोडरी हेडिक्राप्ट तथा सिलाई बुनाई श्रमजीवी सङ्घको दोस्रो नगर अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्नुहुँदै उहाँले मुलुकमा सुशासन र समृद्धि कायम गर्दै भ्रष्टाचार अन्त्य गर्न काँग्रेसले खबरदारी गरिरहेको बताउनुभयो ।

नेता कोइरालाले अहिले मुलुकको राष्ट्रियता र लोकतन्त्र नै खतरामा परेको उल्लेख गर्दै जनभावना अनुरूप काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

कोरोनाका कारण श्रमजिविवर्ग पीडित भएकाले उनीहरूको राहतका लागि विभिन्न राहतका कार्यक्रमहरू आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कोरोनाका कारण मुलुक आक्रान्त भएको उल्लेख गर्दै सबैलाई स्वास्थ्य सावधान अपनाउन समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं. १ का काँग्रेस प्रमुख सचेतक केदार कार्की, नेपाली काँग्रेस मोरङ सभापति डिकवहादुर लिम्बु तथा नेपाल ट्रेडयुनिय मोरङ सभापति सुशिल कोइरालाले श्रमजीवीका हक हितका विषयमा बोल्नु भएको थियो ।

सम्बन्धित