तपाईँ सुन्दै हुनुहुन्छः

ठोस योजना बनाई काम गर्न महिला तथा सामाजिक समितिको निर्देशन

काठमाडौँ।प्रतिनिधिसभा महिला तथा सामाजिक समितिले उपलब्ध कर्मचारीको समुचित परिचालन गरी आयोगको कामलाई अगाडि बढाउन राष्ट्रिय दलित आयोग र आदिवासी जनजाती आयोगलाई निर्देशन दिएको छ ।

राष्ट्रिय दलित आयोग र आदिवासी जनजाती आयोगको हालसम्मको कार्य प्रगति सम्बन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको समितिको बैठकले आयोगमा पदाधिकारीको नियूति नहुंदा सम्म कार्यरत क्रमचारीले ठोस योजना बनाई काम गर्न निर्देशन दिएको हो ।

बैठकमा सांसदहरुले पिछडिएको बर्ग र जातजातीको प्रतिनिधित्व गर्ने संवैधानिक आयोगहरुको काम सन्तोसजनक नभएको भन्दै पदाधिकारीको नियूति र कर्मचारीको खटनपटनमा समेत ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button