तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बाढीको प्रकोपबाट मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय

झापा । जिल्ला प्रशासन कार्यालय झापाले बाढीको प्रकोपबाट मृत्यु भएकाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बुधबार बसेको बैठकले तीन महिनायता नदीमा बगेर र खाल्डोमा डुबेर मृत्यु हुने छ जनाको परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

बाढीको प्रकोपबाट गत वैशाख २० गते अर्जुनधारा नगरपालिका–२ सातकटेरीका ६५ वर्षीय दुर्गाबहादुर खपाङ्गी, असार १० गते बाह्रदशी गाउँपालिका–६ रुपचनबाडीकी १८ वर्षीया अनुसा टुडु, शिवसतासी–८ का ३ वर्षीय सम्यम विष्ट, असार २० गते कमल गाउँपालिका– ५ का ३४ वर्षीय पुष्प राई, असार २७ गते झापा गाउँपालिका– ५ का राजेश गणेश र असार ३० गते भद्रपुर ३ का हिरण राईको मृत्यु भएको थियो ।

उनीहरु सबैको परिवारलाई राहतका लागि प्रदेश नम्बर–१ सरकारलाई पनि सिफारिस गरिने सहायक प्रमुख जिल्ला अधिकारी जनक पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषबाट समेत प्रति परिवार एक लाख रुपैयाँको दरले राहत दिइने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button