२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

नवीन गिरी २०७७ साउन १ गते १३:३८

नेपालगन्ज  । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा आज थप चार  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  अस्पतालका अनुसार बाँकेका दुई जना तथा बर्दिया र सुर्खेतका एक /एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बाँकेको नेपालगन्ज-६ का २८ वर्षीय पुरुष, बैजनाथ- १ का ११ वर्षीय बालक, बर्दिया ठाकुरद्वारा ५ की ३० वर्षीय महिला र सुर्खेत गुर्बाकोट ६ का ३० वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा तीन सय स्वाब परीक्षण गर्दा चार  जनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित