२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक सहयोग हस्तान्तरण

रेडियो नेपाल २०७७ साउन १ गते १३:०७

जनकपुर- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लकडाउनका कारण धनुषाको जटही नाकामा ज्यान गुमाएका वीरेन्द्रगुरमैता यादवको परिवारलाई रु पाँच लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।शहीदनगर नपा– ९ गोठ कोयलपुरस्थित यादवको घरमा आज पुगेर मुख्यमन्त्री राउतले मृतकका श्रीमती सविता यादवलाई सो चेक हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा उहाँले पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुहुँदै प्रदेश सरकारले क्षमताअनुसारको सहयोग उपलब्ध गराइएको बताउनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य रामआशिष यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको पनि उपस्थिति थियो । भारतबाट फर्कने क्रममा धनुषाको जटही नाकामा गत, जेठ १४ गते वीरेन्द्र यादवकोे मृत्यु भएको थियो ।

सम्बन्धित