तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले बेपत्ता भएका २जनाको शव फेला

सिन्धुपाल्चोक – गए रातीको अविरल बर्षाका कारण पहिरो आँउदा सिन्धुपाल्चोककोभोटेकोसी गाउपालिका ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बग्दा बेपत्ता भएका ५ मध्ये २ जनाको शव फेला परेको छ ।

बर्ष १६ का याङ्जी शेर्पा र ३५बर्षका साङ्बु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायबउपरीक्षक माधब प्रसाध काफ्लेले जानकारी दिनुभयो । अझै ३ जना बेपत्ता भएका छन् उनिहरु खोजिकार्य जारी रहेको प्रहरिले जनाएको छ । पहिरोले एक स्कुलमा पनि क्षति पुर्याएको भोटेकोसीगाउपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । राती १स्३० आएको बर्षाले घर बगाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button