२०७९ साल असोज १३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो : बेपत्ता सबै महिला

रेडियो नेपाल २०७७ साउन १ गते ९:२५

सिन्धुपाल्चोक । गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् । उनीहरु सबै एउटै परिवारका हुन् ।

उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन ।पहिरोमा पुरिएर बेपत्तामध्ये ३४ वर्षीया मिमासाङमु शेर्पाको शव फेला परेको छ ।

उनी घरमूली ग्यान्जेन शेर्पाकी श्रीमती हुन्। ग्यान्जेनचाहिँ काठमाडौं बस्ने गरेकाले बचेको बताईन्छ ।

एउटा स्कूलमा पनि पहिरोले क्षति पु¥याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

 

सम्बन्धित