तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता इन्जिनियरको शव फेला

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परिक्षणको क्रममा सुरुङको १७ नं गेट फुट्दा हिजो दिउँसो १२ बजे बेपत्ता भएका २ जना मध्ये १ जनाको शव फेला परेको छ ।

त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएका थिए । तीमध्ये इन्जिनियर सतिस गोहितको शव आज ४ बजे मेलम्ची नगरपालिका ११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरि कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनु भयो ।

त्यस्तै घाइते भएका कन्सल्त्यान्ट दोर्जे पेन्बा र इन्जिनियार सेखर खनालको काठमाडौंको ग्राण्डि अस्पतालमा थप उपचार भइरहेकोे छ भने अर्का बेपत्ता राधा कृष्ण थापा मगरको खोजी भैरहेको पनि तामाङले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button