तपाईँ सुन्दै हुनुहुन्छः

५ लाख घुस सहित दुई पक्राउ

लहान । सिरहामा ५ लाख कमिसनको रकम सहित एक मेयरका छोरा लगायत दुईजनालाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा बर्दिबासबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले लहान २२ को राजदेवी चौक नजिक रहेको एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेकै बेला सन्त मण्डल र जितेन्द्र महतो पक्राउ परेका हुन ।

डिएसपी मधु कुमार थापा को कमान्डमा खटिएको टोलिले बुधबार दिउँसो १ः५० मा सिरहा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतोलाई रङ्गेहात गिरफ्तार गरेको हो ।

कल्याणपुरका मेयर मण्डलले डिपिआर गरेको भुक्तानी दिन सेवाग्राही संग रु. ५ लाख घुस मागी आफ्नो छोरा सन्त मण्डललाई लहानको राजदेवी चोकमा पठाएको अख्तियार टोलीको दावी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button