तपाईँ सुन्दै हुनुहुन्छः

गण्डक अस्पतालमा उपचाररत एक संक्रमित युवाको मृत्यु

वीरगंज । वीरगञ्जको कोभिड अस्थाई अस्पताल गण्डकमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ ।

रौतहटको पर्रोहा नगरपालिका वडा नम्बर ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

मृतकका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो । उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिमा बसेका युवालाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा राखि उपचार भई रहेकोमा आज दिउँसो उनको निधन भएको उपाध्यायले बताउनुभयो ।

रौतहटको युवकको मृत्यु सँगै नेपालका कोरोना संक्रमणको कारण मृत्यु हुने संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button