तपाईँ सुन्दै हुनुहुन्छः

रगतको अभाव भएपछि २ सय ५३ जनाद्वारा रक्तदान

वीरगंज । कोरोना भाईरसको कारण जारी लकडाउन तथा बर्षायाम शुरु भएसँगै वीरगंजमा रगतको अभाव भएपछि आज आकस्मिक रुपमा आयोजित रक्तदान कार्यक्रममा २ सय ५३ जनाले रक्तदान गरेका छन् ।

वीरगंजको छपकैया स्थित साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी नेपाल वीरगंज महानगर कार्य समितिको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता शशीकपुर मिया, सीपु तिवारी, जितेन्द्र साह, श्यामबाबू साह, सन्दिप साह, मेघनाथ साह, सरोज कुश्वाह, कृष्ण पटेल, सन्दिप पटेल, रबिन्द्र पटेल लगायत २ सय ५३ जनाले रक्तदान गर्नु भएको छ ।

रक्तदान कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी, जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन समानी, मुकेश द्विवेदी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्रका प्राविधिक कर्मचारीहरुको सहयोग रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button