२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै बुवाद्धारा छोरी बलाकृत, छोराद्धारा आमा बलात्कृत

सीपी लोहिया २०७७ असार ३१ गते १६:२५

बैतडी । बैतडीको पञ्चेश्वरमा आफ्नै ११ बर्षीय छोरीलाई पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ ।

पञ्चेश्वर गाउँपालिका ४ की ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै ४५ बर्षीय बुवा पक्राउ परेका छन् । हिजो जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिनुभयो । उहाँले ति बालिकाको शरीरमा निलडाम भएको, बेलाबेलामा कराउँने र भागेर छिमेकीको शरणमा जाने गरेको खुल्नमा आएको बताउनुभयो ।

बलात्कृत ति बालिकाकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले श्रीमतीको मृत्युपछि मादकपदार्थ सेवन गरि छोरीलाई पटकपटक जबरजस्ती गर्ने गरेको खुलेको बताउनुभयो । यो कुरा आफुहरुले थाहा पाएपछि प्रहरीलाई बुझाएको बताउनुभयो ।

पक्राउ गरेको ति व्यक्तीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

यस्तै जिल्लाको पुरचौडी नगरपालिका १० मा आफ्नै आमालाई जबरजस्तीकरणी गरेको आरोपमा ३२ बर्षीय उहाँकै छोरा पक्राउ परेका छन् ।

मंगलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरि नुवान नामक बिषादी सेवन गरेको अवस्थामा प्रहरीले फेला पारेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीशंकर जैसीले बताउनभुयो । आमालाई बलात्कार गरि बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित