२०७९ साल असोज १४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या छ सय २२ पुग्यो 

टेकराज भण्डारी २०७७ असार ३१ गते १५:२४

अछाम । अछाम जिल्लामा थप १३ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या छ सय २२ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुई जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो ।

सेती अस्पतालमा गरिएको परीक्षणमा साँफेबगर नगरपालिका ११ देविस्थानका २५ वर्षका पुरुष र २३ वर्षकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । पञ्चदेव विनायक नगरपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो । १४ जनामध्ये एक जनाको भने दोस्रो पटक पनि कोरोना पोजेटिभ आएको हो ।

योसँगै जिल्लामा कोरोना सक्रमितको सङ्ख्या छ सय २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

अछाममा निको हुनेको सङ्ख्या भने तीन सय ५९ पुगेको छ । रामारोशन गाउँपालिकाका एक सय एक जनाले मङ्गलवार मात्रै कोरोनालाई जितेका छन् ।

दुई सय २६ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित