तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य संरचनामा फामेर्सी जनशक्ति व्यवस्थापन गर्न माग

जनकपुरधाम- प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतसमक्ष नेपाल फर्मास्युटिकल एसोसिएशनले स्वास्थ्य क्षेत्रको दरबन्दीमा फार्मेसी जनशक्तिलाई समेट्न माग गरेको छ । औषधिको उचित व्यवस्थापन फर्मासिष्टहरुले मात्र गर्न सक्ने भन्दै एसोसिएशनले नयाँ संरचनामा फार्मेसी जनशक्तिलाई समेट्न माग गरेका हो ।

फर्मा क्लब वीरगञ्जका अध्यक्ष देवानन्द साहको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा मुख्यमन्त्री राउतले फर्मासिष्टहरुको मागलाई यथोचित सम्बोधन गरिने प्रतिबद्धता प्रकट गर्नुभएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button