तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बाढीले विस्थापित घर परिवारलाई घर फर्काउन सुरु

झापा । अविरल वर्षाका कारण झापामा आएको बाढीले विस्थापित घर परिवारलाई आफ्नो घर फर्काउन सुरु गरिएको छ ।

झापाको झापा गाउँपालिका वाड नं ७ मदरगाछका १४ परिवारलाई र वाड नं १ मिलन बस्तीको ८१ विस्थापित घरधुरीलाई आ–आफ्नो घर फर्काइएको गाउँपालिका अध्यक्ष जयनाराण शाहले जानकारी दिनुभयो ।

त्यसै गरी, शिवसताक्षी नगरपालिका–१० सुकुम्वासी बस्तीका नमै विस्थापित घर परिवार मध्ये पाँच परिवार अन्य छिमेकीकामा भाडामा बस्न थालेको र चार परिवार अहिलेसम्म सुरक्षित स्थानको अस्थायी टहरामै बसिरहको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिनुभयो ।

गौरीगंज गाउँपालिका–१ हाकलबाढीको ११ घर परिवार विस्थापित मध्ये १० परिवार आ–आफ्नो घर फर्किसकेको र एक परिवार छिमेकीकै घरमा आश्रय लिइरहेको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button