तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसका बिचमा टोल टोलमा शिक्षा

सल्यान । कोरोना कहरका कारण सामुदायिक विद्यालय बन्द भएपछि टोल टोलमा शिक्षक खटाई बालबालिकाहरूलाई पढाउन थालिएको छ ।

शिक्षकहरू शैक्षिक सामाग्रीसहित टोलमै पुग्न थालेपछि विद्यार्थी पनि खुसी भएका छन् ।

शिक्षक विद्यार्थीहरूको पायक पर्ने स्थानमा टोल विभाजन गरी पढाउने काम गरी रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक रविकिरण ओलीले बताउनुभयो । कोरोना भाइरसका कारण अब पढ्न पाइँदैन की भनेर चिन्तित बनेका विद्यार्थीहरू लागि सामूहिक पढाई निकै सहज महसुस गरेको उहाँको भनाई छ ।

चैत पहिलो हप्तादेखि विद्यालयमा गई पठन पाठन गर्न नपाएका विद्यार्थीहरू आफ्नै गाउँ टोलमा पढ्न पाएपछि खुसी भएका छन् । बन्दा बन्दीका कारण विद्यालय जान नपाएका बागचौर नगरपालिका–५ शिवरथकी निर्मला वि.क.लले शिक्षक टोल टोलमा पुगी प्रोजेक्ट वर्क दिनथालेपछि घरमै पढ्न थालेको बताइन ।

बागचौर नगरपालिकाका सबै विद्यालयहरूमा सामाजिक दुरी कायम गरी भर्ना गर्ने कार्यसँगै टोल टोलमा पुगी बालबालिकाहरूलाई पठनपाठन गराई रहेको बागचौर नगरपालिकाका शिक्षा शाखाका टेक बहादुर डिसीले बताउनुभयो ।

कोरोना महामारीका कारण क्वारेनटाइन बनाइएका जिल्लाका अधिकांश विद्यालयका विद्यार्थीहरू सामूहिक रूपमा गाउँ गाउँमा पढिरहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका इकाई प्रमुख लालबहादुर घर्तीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button