तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा अध्यक्षद्वयबीच छलफल सुरु

फाइल तस्बिर

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी, नेकपाको आन्तरिक विवाद समाधान गर्न र दुई अध्यक्षबीच सहमति खोज्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भईरहेको छ ।असार १० गते सुरु भएको नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गर्नुपर्ने आवाज उठेपछि नेकपामा नयाँ विवाद सुरु भएको हो ।

पार्टीका दोस्रो तहका नेताहरुले दुई अध्यक्षबीच सहमति खोजेर पार्टी एकता कायम गर्न दबाब बढाएपछि स्थायी समिति बैठक पटकपटक स्थगित गरेर दुबै अध्यक्षबीच छलफल जारी रहेको छ ।अध्यक्षद्वयबीचको छलफल सकारात्मक दिशामा अघि बढिरहेको भनिए पनि त्यसबारेमा केही खुलाईएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button