२०७९ साल असोज १९ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ७ जना कोरोना संक्रमित डिष्चार्ज

नवीन गिरी २०७७ असार ३१ गते १२:१०

नेपालगन्ज। बाँकेमा आज थप ७ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या ३ सय ६१ पुगेको छ । अब १२ जना मात्र आइसोलेसनमा छन् ।

आइसोलेसन केन्द्र आदर्शनगर नेपालगन्जबाट खजुरा गाउँपालिकाका ३ जना महिला, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट खजुरा गाउँपालिकाकै १ जना पुरुष र आइसोलेसन केन्द्र पिपिरीबाट कोहलपुर नगरपालिकाका १ जना महिला र २ जना पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सननरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा ३ सय ७५ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

सम्बन्धित